
कांग्रेस कार्यवाहक सभापति खड्काले बाेलाए जिल्ला सभापतिसहितको बैठक
काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य वितरणको प्रगति बुझ्न ७७ जिल्लाका सभापतिसहितको भर्चुअल बैठक बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक बुधबार बिहान ८ बजेका लागि आह्वान गरिएको हो। बैठकमा महामन्त्रीद्वयसँगै सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्यहरू पनि सहभागी हुनेछन्।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण मंसिर २५ गतेभित्र सक्न निर्देशन दिएको छ। यही नवीकरणको अपडेट, प्रदेश र जिल्लाबाट प्राप्त विवरण तथा प्रक्रियामा देखिएका समस्या समाधानका लागि पनि बैठक बोलाइएको स्रोतले बताएको छ।
आगामी महाधिवेशनसम्बन्धी सबै तालिका समयमै पूरा गर्न, सदस्यता नवीकरण र नयाँ वितरण लक्ष्यअनुसार अघि बढेको सुनिश्चितता लिन र कमिटीहरूलाई थप निर्देशिका दिन बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



कागजपत्र |
