
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि सर्वोच्चमा
काठमाडौं- प्रतिनिधिसभा विघटनको कदमले तातेको राजनीतिक मैदानमा अब नेपाली कांग्रेस पनि खुला भिडन्तमा उत्रिएको छ। पार्टीले सर्वोच्च अदालतमै पुगेर प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको निर्णयलाई च्यालेन्ज गरेको छ।
प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाको तर्फबाट सर्वोच्चमा रिट निवेदन पेस गरिएको हो। यसअघि एमालेले नै प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरिसकेको थियो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार कांग्रेसको रिट हाल ‘अध्ययन’ चरणमै छ। उनका अनुसार उक्त निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ता गर्ने–नगर्ने टुंगो लाग्नेछ।
यससँगै सर्वोच्चमा अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी दुई दलका र १७ वटा सार्वजनिक सरोकारअन्तर्गतका गरी १९ थान रिट विचाराधीन छन्। एमाले र १७ थान रिटमा पहिले नै प्रारम्भिक सुनुवाइ भइसकेको छ भने कांग्रेसको रिट मात्रै सुनुवाइ पर्खाइमा छ।



कागजपत्र |
