मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त


जनकपुरधाम – मधेश प्रदेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी नीति उल्लङ्घन र अनुशासनहीन गतिविधि गरेको आरोपसहित उनलाई ६ महिनाका लागि साधारण सदस्यबाटै निष्कासन गरेको थियो।

यही आधारमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता लिने निर्णय गरी प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएपछि उनको सदस्यता औपचारिक रूपमा खारेज गरिएको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ का नियम १९० र १९१ अनुसार प्रदेश सभाले विच्छाको सदस्यता समाप्त भएको सूचना सार्वजनिक गरेको छ।

बिच्छाले केही दिनअघि राजीनामा दिएर मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले साथ लगेपछि राप्रपाले कारबाही प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया