
अध्यक्ष ओली नै बन्नुहुन्छ : उपमहासचिव रिमाल
काठमाडौं– नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टी भित्रको लोकतान्त्रिक प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भएको बताउनुभएको छ। बिहीबार प्रेस चौतारी नेपालमा आयोजित संवाद कार्यक्रममा रिमालले ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुने दाबी गर्दै, स्वच्छ प्रतिस्पर्धालाई सामान्य मान्नुपर्ने जिकिर गर्नुभयो।
रिमालले पार्टी नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि देखाउनु उचित नभएको पनि स्पष्ट गर्नुभयो। उहाँका अनुसार, “दुई धारको चुनाव भए पनि धार एउटै हुन्छ किनभने विचार फरक छैन। पार्टीभित्र नीति र कार्यक्रमको विषयमा कुनै विवाद छैन। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय गन्तव्यतर्फ अघि बढ्दै आएका छौं। महाधिवेशनमा अध्यक्ष केपी ओली नै बन्नुहुन्छ। अहिले ओलीको विपक्षमा उभिनुपर्ने कुनै कारण मैले देखिनँ। नेताहरूले पदका लागि इच्छा व्यक्त गर्न सक्नुहुन्छ, त्यो स्वाभाविक हो। हाम्रो समस्या नेतामा होइन, काम गर्ने तरिकामा मात्र देखिन्छ, र त्यो उचित होइन।”
उहाँले ११औँ महाधिवेशनको संघारमा आइपुगेको बेला पनि एमालेले बाह्य चुनौतीहरू सामना गरिरहेको र अरु पार्टी जस्तो लोकप्रिय भन्दापनि कम्युनिष्ट पार्टीभित्र नेतृत्व गर्न सक्ने धारणा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो।



कागजपत्र |
