
माओवादी कर्णाली संसदीय दलका नेता शर्माद्वारा राजीनामा
सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताको पदबाट राजीनामा दिएका छन्। शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन्।
पछिल्ला दिनमा प्रचण्डको समर्थन छोडेर शर्मा जनार्दन शर्माले संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेपछि उनले दलको नेताको पद छोडेका हुन्। यद्यपि, उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन्।
माओवादी प्रदेश संसदीय दलको बैठक हाल वीरेन्द्रनगरमा जारी छ। बैठकले शर्मालाई कारबाही गर्ने निर्णय गरेपछि उनले दलको नेताको पदबाट राजीनामा दिएको माओवादी प्रदेश सभाका एक सदस्यले जानकारी दिएका छन्।



कागजपत्र |
