कुलमान नेतृत्वको उज्यालो नेपालको औपचारिक घोषणा आज


काठमाडौं – कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा बुधबार हुँदैछ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा घिसिङ समेतको उपस्थितिमा दिउँसो १ बजे घोषणा सभा राखिएको छ।

पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, आज औपचारिक रूपमा सार्वजनिक गर्ने नेता डा. तारा जोशीले जानकारी दिए। पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ।

नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टीको दाबी छ।

जेनजी आन्दोलनपछि विकासित देशको पछिल्लो राजनीतिक परिस्थितमा उज्यालो नेपाल पार्टि गठन गरी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

अनुपराज उपाध्यायको संयोजकत्वमा रहेको ५१ सदस्यीय समितिको नाममा पार्टी दर्ता भएको छ। यो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, रेशम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति लगायतसँग सहकार्य गर्दै वैकल्पिक शक्तिको रूपमा विकास गर्ने बताएको छ।

May be an image of text that says 'उज्यालो नेपाल पार्टी घोषणा सभा अज्यालो नेपाल पार्टीकी औपचारिंक घोषणा सभा तथा पार्टी प्रवेश कार्यकममा यहाँळो गरिमामय उपस्थितिळो लागि हार्दिक निमन्वणा गर्ढछी। प्रज्ञा भवन, कमलादी मंसीर 90 बुधवार दिनको ٩ बजे 8 बजे सम्म'

प्रतिक्रिया