आज विराटनगरमा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा


काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज कोशी प्रदेश स्तरीय सन्देश सभा गर्दैछ ।

प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने विशेष सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू आज विराटनगर आउन लागेका हुन् ।

सुदूरपश्चिम ,लुम्बिनी गण्डकी प्रदेशमा भने नेकपाले सभा सकेको छ ।

सभामा प्रमुख वक्ताका रूपमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत नेताहरू रहेका छन् ।

प्रतिक्रिया