रास्वपा र विवेकशील साझाको एकता


काठमाडौं-  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच आइतबार राष्ट्रिय सभागृहमा एकता भएको छ।

एकतापछि पार्टीको नाम र चुनाव चिह्न पूर्ववत् रास्वपा रहने कुरा नेता शिशिर खनालले जानकारी दिएका छन्। साथै, विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्म संघीय नेतृत्व मञ्चमा राख्ने सहमति भएको छ।

सहमति अनुसार मञ्च सदस्यहरूको हैसियत केन्द्रीय सदस्य सरह हुनेछ। पार्टीको तल्लो तहमा पनि समावेशिता र आपसी समझदारीमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने उल्लेख सहमति पत्रमा गरिएको छ।

प्रतिक्रिया