
प्रधानमन्त्री कार्कीको स्पष्टिकरण: कुनै धर्म वा समुदायलाई होच्याउने नियत छैन
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई अपमान गर्ने आफ्नो कुनै आशय वा नियत नभएको स्पष्ट पारेका छिन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेको टीकाटिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन।”
प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति समान सम्मान रहेको र विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सम्पूर्ण देशवासीलाई अभियानमा साथ दिन आग्रह गरेकी छन्।



कागजपत्र |
