काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हरायो


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले हराएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउन उत्रिएको चितवनले १७ ओभर १ बलमै सबै विकेट गुमाउँदै ८९ रनमा आफ्नो इनिङ्स समाप्त गरेको हो।

चितवनका लागि यो सिजनको दोस्रो हार हो। यसअघि चितवनले विराटनगर बोल्ट्स र कर्णाली याक्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँग पनि जीत हासिल गरेको थियो।

काठमाडौंको यो तेस्रो जीत हो। यसअघि उनीहरूले लुम्बिनी लायन्स र जनकपुरलाई हराएका थिए, तर विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएका थिए।

शुक्रबारको खेलमा चितवनको ब्याटिङ शुरुदेखि नै संघर्षपूर्ण रह्यो। ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौँ बलमै रन खाता खोले बिना आउट भए। दोस्रो विकेटका लागि डेविड मलान ३ ओभरको पाँचौँ बलमा आउट भए। पाँच ओभरको दोस्रो बलमा सैफ जैब तेस्रो विकेटका रूपमा पवेलियन फर्किए। चौथो विकेटका रूपमा देव खनाल १८ बलमा २१ रन जोडेर आउट भए।

काठमाडौंले चितवनको ब्याटिङमा आएको कमजोरीको फाइदा उठाउँदै सहज जित आफ्नो नाममा पारेको हो।

प्रतिक्रिया