कांग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जान्छः गगन थापा


काठमाडौं = नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नयाँ सभापतिको हस्ताक्षरसहित निर्वाचनमा जाने बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै विधान बमोजिम विशेष महाधिवेशन हुने दाबी गर्दै नयाँ सभापतिको हस्ताक्षरसहित निर्वाचनमा जाने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन।
साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भने; प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।

प्रतिक्रिया