
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं – राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
राप्रपा नेपालले मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान गरेको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, फागुन २१ गते घोषित निर्वाचन, बढ्दो वैचारिक ध्रुवीकरण, सुरक्षा अवस्था र सडकमा बढिरहेको असन्तुष्टि एवं आन्दोलनबारे गम्भीर छलफल हुनेछ ।
महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले वर्तमान अवस्थाको विस्तृत मूल्यांकन गर्दै आगामी योजना तथा रणनीतिमा केन्द्रित हुनेछ ।
पार्टी अध्यक्ष कमल थापाले राजनीतिक चित्रणसहित राप्रपाको भावी रणनीतिबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।



कागजपत्र |
