
राष्ट्रिय सुरक्षा परिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ ।
बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक केही बेर अघि सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बसिरहेको हो । बैठकमा सिमारा घटनाबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो ।
निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको स्रोतले बताएको छ । सेना परिचालनका लागि सुरक्षा परिषद्ले निर्णय गर्नुपर्ने भएकाले त्यसबारे पनि आज छलफल भइरहेको सम्बद्ध स्रोतले जानकारी दियो ।



कागजपत्र |
