
आज पनि फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरि सरेको छ ।
विगत एक महिनादेखि पटक पटक सर्दै आएको कांग्रेस बैठक आजका लागि बस्ने गरि तोकिएको थियो । तर बैठक सुरु हुनुभन्दा केही घन्टाभन्दा अगाडि मात्र सानेपाबाट पुनः बैठकका मिति परिवर्तन भएको सूचना जारी गरिएको छ ।
नयाँ जारी सूचनाअनुसार यही मंसिर ६ गते शनिबार दिउँसो १ बजेका लागि कांग्रेस केन्द्रीय कार्य समितिको बैठक तोकिएको छ ।
यसअघि आज २ बजे बस्ने जनाइएको थियो ।




कागजपत्र |
