राति ९ बजेपछि रेस्टुरेन्ट व्यवसाय खोल्न पाइने


काठमाडौं – रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको बुधबारको सूचना खारेज भएको छ ।

यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा भनिएको थियो, ‘रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ ।’

हेर्नुहोस् मन्त्रालयको सुचना : 

प्रतिक्रिया