
एनपिएलका लागि पाँच स्थानमा पार्किङ तोकियो
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका दर्शक र सहभागीहरूको सवारी व्यवस्थापन सहज बनाउन पाँच स्थानमा पार्किङ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रतियोगिता अवधिभर ट्राफिक व्यवस्थापन सुचारु राख्न पार्किङ स्थलहरू स्पष्ट रूपमा निर्धारण गरिएको कार्यालयले बताएको छ।
भिआइपी/भिभिआइपीका लागि त्रिभुवन विश्वविद्यालय (टियु) मुख्य मेनगेटभित्र विशेष पार्किङको व्यवस्था गरिएको छ। सामान्य दर्शकका लागि तीनकुने नजिकको ग्राउन्डमा पार्किङ ‘ए’, घडी आइल्यान्ड नजिकको ग्राउन्डमा पार्किङ ‘बी’, घडी आइल्यान्डदेखि टियु मेनगेटसम्म पार्किङ ‘सी’ र सुन्दरीघाट/सानेपा खोला करिडोरसम्म पार्किङ ‘डी’ तोकिएको छ।
ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले खेल अवलोकन गर्न आउने सबैलाई सवारीसाधन जथाभावी पार्किङ नगर्न आग्रह गर्दै तोकिएका स्थानमै पार्किङ गर्न अनुरोध गरेका छन्।



कागजपत्र |
