
दुर्गा प्रसाईंले दर्ता गराए दल
काठमाडौं- हिन्दू राज्य र राजसंस्था पुनःस्थापनाको अभियान चलाइरहेका दुर्गा प्रसाईंले पनि आफ्नो राजनीतिक दल औपचारिक रूपमा दर्ता गराएका छन्। आइतबार निर्वाचन आयोगमा पुगेका प्रसाईंले ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराएका हुन्, जसको सभापति माधव कल्पित बनेका छन्। कल्पित विगतमा प्रसाईंका स्वकीय सचिवका रूपमा काम गर्दै आएका थिए।
कल्पितले दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउँदै आफू औपचारिक सभापति भए पनि पार्टीको मूल नेतृत्व दुर्गा प्रसाईं नै हुने स्पष्ट पारे। आइतबार बिहान उनीसहित पार्टीका पदाधिकारीहरूले आयोगमा उपस्थित भएर सनाखतसमेत गरिसकेका छन्।
पार्टीको शीर्ष संरचना पनि सार्वजनिक गरिएको छ। उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला रहँदैछन्। महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सह–महामन्त्रीमा विष्णु बोहरा क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल र प्रवक्तामा प्रेम थापा मगर तोकिएका छन्।



कागजपत्र |
