
पोखरामा बुद्ध एयरको विमानमा चरा ठोक्किँदा
काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको एक जहाजमा चरा ठोक्किँदा उडान केही समयका लागि रोकिएको छ।
शनिबार बिहान करिब १० बजे काठमाडौं उडानका लागि धावनमार्गतर्फ गइरहेको उडान नम्बर ६०४ (नाइन एन–एएमडी) जहाज टेकअफको क्रममा चरा ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ। घटनापछि सुरक्षा मापदण्डअनुसार इन्जिनियरिङ टोलीले विमानको विस्तृत जाँच गरेको थियो।
जाँच प्रक्रिया पूरा भएसँगै जहाज पुनः उडानका लागि तयार गरिएको विमानस्थलले जनाएको छ।



कागजपत्र |
