
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: ९ जनाको मृत्यु, ३० घाइते
काठमाडौं – भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीभित्र भएको विस्फोटमा नौ जनाको मृत्यु र २७ प्रहरीसहित ३२ जना घाइते भएका छन् ।
पत्रकार सम्मेलनमा डीजीपी नलिन प्रभातले भने, ‘एफएसएल टोलीले नमुना लिने प्रक्रिया धेरै सावधानीपूर्वक गरेको थियो, तर दुर्भाग्यवश राति लगभग ११.२० बजे दुर्घटना भयो ।’
यस घटनाको बारेमा अन्य कुनै पनि प्रकारको अनुमान लगाउनु बेकार रहेको उनको भनाइ छ ।
डीजीपी प्रभात भन्छन्, ‘यस दुर्भाग्यपूर्ण घटनामा नौ जनाको मृत्यु भएको छ । यसमा तीन जना एफएसएल टोलीका कर्मचारी, दुई जना राजस्व अधिकारी र अन्य कर्मचारीहरू समावेश छन् । यसबाहेक २७ जना प्रहरी, दुई जना राजस्व अधिकारी र तीन जना सर्वसाधारण घाइते भएका छन् ।’
सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ । प्रहरी चौकीको भवनमा ठूलो क्षति पुगेको छ । यसबाहेक छिमेकी भवनहरूमा पनि क्षति पुगेको छ ।



कागजपत्र |
