यस्ताे बन्याे १३८ सदस्यीय नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति


काठमाडौं- १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिको नामावली बाहिरिएको छ।

गत कात्तिक १९ गते माओवादी र समाजवादीलगायतका दलबीच एकता घोषणा भएको थियो। सो एकताको परिणामस्वरूप एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइएको थियो। दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।

आयोगमा बुझाइएको सूचीअनुसार, तीन नम्बरमा एकीकृत समाजवादीका झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसाल रहेका छन्।

नामावलीमा अन्तिम अर्थात १३८ नम्बरमा प्रचण्डकी बुहारी समेत रहेकी माओवादी नेतृ विना मगर पनि छन्। केन्द्रीय समितिमा ३३ प्रतिशत महिलालाई समावेश गरिएको छ।

Skip to PDF content

प्रतिक्रिया