चितवनमा राँगाको बोसो खाँदा पनेरुको मृत्यु


चितवन- चितवनको कालिका नगरपालिकामा ६५ वर्षीय झमत प्रसाद पनेरु राँगाको काँचो बोसो खाँदा घाँटीमा अड्किएर निधन भएका छन्।

प्रहरीका अनुसार पनेरु मंगलबार दिउँसो आफ्नै घरमा मादक पदार्थ सेवन गरी स्थानीय भट्टीमा पुगेका थिए। त्यहाँ राँगाको काँचो बोसो खाँदा घाँटीमा अड्किएर उनी बेहोस भइ ढलेका थिए।

उनका छोरा दिप्पाल पनेरु तत्काल उनलाई भरतपुर नयाँ मेडिकल कलेज पुर्याए, तर अस्पतालले दिउँसो ३ बजे उनलाई मृत घोषणा गरेको थियो।

घटनाबारे इलाका प्रहरी कार्यालय, टाँडीलाई जानकारी गराइएको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनास्थल जुटपानी प्रहरी चौकीबाट करिब २ किलोमिटर उत्तरमा पर्दछ।

प्रतिक्रिया