

तीन दिनका लागी सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ ।
भोलि शुक्रबारका लागि बोलाइएको बैठक ३० चैत २ बजेका लागि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।
यसअघि चैत २० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।
आफैंले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेस बैठकले निचोड निकालेको थियो ।

