
नक्सालकाे भाटभटेनी भत्काउने क्रममा दुई जना गम्भीर घाइते
काठमाडौं– नक्सालस्थित भाटभटेनी सुपरमार्केटको क्षतिग्रस्त संरचना भत्काउने क्रममा दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका हुन्। घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवनमा मर्मत तथा सरसफाइका लागि निर्माण संरचना भत्काउने काम भइरहेको थियो।
आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेष हटाउने क्रममा आज दुवैजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।



कागजपत्र |
