
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा मेयर बालेन
काठमाडाैं – भदौ २३–२४ को जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा बिरलै देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शुक्रबार एक मन्दिर उद्घाटनमा देखिएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा बनेको छैटौं शताब्दीको ब्रह्मा मन्दिर उद्घाटनमा बोलेन उपस्थित भएका हुन् । उपमेयर सुनिता डंगोललगायत पनि कार्यक्रममा सहभागी थिए ।
मन्दिर उद्घाटन समारोहमा एकछिन सहभागी भएर उनी बाहिरिएका छन् । पानसमा बत्ती बालेपछि उनी मन्दिरमा छोटो समय बिताएर बाहिरिएका हुन् ।
उपस्थित सञ्चारकर्मीले बालेनलाई बोल्न आग्रह गरे पनि उनी केही नबोली कार्यक्रमस्थलबाट बाहिरिए । जेनजी आन्दोलन भड्काएको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।
पछिल्लोपटक गत आइतबार मध्यरातमा लेखेको उनको स्टाटस विवादास्पद बनेको थियो ।
बालेनको सो स्टाटसविरुद्ध एमालेनिकट युवा संघले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएको छ ।



कागजपत्र |
