स्वास्थ्यमन्त्री डा शर्माद्वारा महाशाखा प्रमुख हेरफेर


काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउन मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार, परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडिइसिडी) र व्यवस्थापन महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

मन्त्रिस्तरीय निर्णय अनुसार, परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा. राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र ईडिइसिडीको निर्देशक पदमा डा. रोशन न्यौपाने सरुवा भएका छन्।

यसैगरी, डा. पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा हुनुभएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया