
रास्वपा केन्द्रीय कार्यालयका घरधनी डा. देवकोटाले छाडे पार्टी
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको घरका घरधनी डा. भरतमणि देवकोटाले पार्टीको साधारण सदस्यता त्यागेका छन्।
देवकोटाले बुढेसकाल लागेकाले सक्रिय भूमिकाबाट हट्न चाहेर सदस्यता राजीनामा दिएको बताए। उनले भने, “म बुढो पनि भएँ, युवालाई स्थान दिन सदस्यता त्यागेको हुँ। पार्टीसँग कुनै असमझदारी छैन।”
वनस्थलीस्थित चमती–१६ मा रहेको देवकोटाको घरबाट नै रास्वपाको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको छ। जेनजी आन्दोलनपछि सुरक्षा चुनौती महसुस गर्दै उनले तीन महिनाभित्र घर खाली गर्न अनुरोध गर्दै पार्टी नेतृत्वलाई पत्राचार पनि गरेका थिए। उनका अनुसार घर खाली गर्ने विषयमा रास्वपा नेतृत्वसँग आपसी सहमति भइसकेकाले कुनै विवाद छैन।



कागजपत्र |
