
कांग्रेस संस्थापन पक्षको प्रस्ताव : नियमित महाधिवेशन २७ देखि ३० वैशाखसम्म गरौं
ललितपुर – नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औँ नियमित महाधिवेशन आगामी २७–३० वैशाखमा गर्नुपर्ने प्रस्ताव राखेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले यस प्रस्ताव राखेका हुन्।
यसअघि बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। पार्टीभित्रको यो मतभेदले संस्थापन पक्ष र अर्काे समूहबीच महाधिवेशनको मिति निर्धारणमा फरक देखाएको छ।
पार्टीले नियमित महाधिवेशनको तयारीसँगै दुवै पक्षबीच सहमति जुटाउने प्रयास गरिरहेको छ।



कागजपत्र |
