
एकता प्रक्रियाप्रति असन्तुष्ट शर्माको आज विशेष पत्रकार सम्मेलन
काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।
पार्टीभित्र उत्पन्न असन्तुष्टि र हालै भएको एकता प्रक्रियाप्रति आफ्नो धारणा सार्वजनिक गर्न उनी पत्रकार सम्मेलन गर्न लागेका हुन्। कार्यक्रम ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २:३० बजे सुरु हुने जनाइएको छ।
माओवादी केन्द्रले आजै एकीकृत समाजवादीसहित आठ दलसँगको एकता समझदारी अनुमोदन गर्ने तयारी गरेको छ। तर, उक्त निर्णयप्रति शर्माले खुला असहमति जनाउँदै आएका छन्।



कागजपत्र |
