
दोलखाको रोल्वालिङस्थित यलुङ रिमा हिमपहिरो, ३ जनाको मृत्यु, ८ बेपत्ता
काठमाडौं – दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।
रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।
नेपाली गाइडसहित आज बिहान साे हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०:३० बजे हिमपहिरो गएको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञान कुमार महतोका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन्। प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेको छैन।
उक्त स्थानमा उद्धारका लागि नेपाल सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रोल्वालिङ हिमक्षेत्रको यलुङ बेस क्याम्प भन्दा माथिको भेगमा यो घटना भएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
