नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः स्थगित


काठमाडौं-  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारका लागि तय गरिएको बैठक पुनः स्थगित गरिएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब मंसिर १८ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

यसअघि पनि गत शुक्रबार बस्ने भनिएको बैठक स्थगित भएको थियो।

 

प्रतिक्रिया