
भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेनजी फोरम गठन
काठमाडाैं – देशभरीका लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुको फोरम गठन भएको छ।
जेनजी युवाको प्रतिनिधित्व गर्ने लक्ष्यसहित आम लोकतान्त्रीक युवाहरुको साझा फोरम सुरेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको हो।
फोरसमका सदस्यहरूमा पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज बिष्ट अछाम, बिशाल शाही हुम्ला, कुम्भराज सहकारी देउवा कालिकोट, जनक साउद दैलेख, लक्ष्मी प्रसाद पौडेल पोखरा, महेन्द्र कुंवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्यय धादिङ, निरन्जन रोहिता धनुषा रहेका छन् ।
लोकतान्त्रिक जेन्जी फोरमले राष्ट्रीयता, लोकतान्त्रिक मुल्य मान्यताको रक्षा, समावेशि, सङ्घियता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्रका मुलभुत आधार स्तम्भलाई जुनसुकै बहानाबाट हुने आक्रमण र षड्यन्त्रलाई चिर्दै लोकतन्त्रप्रति आस्था राख्ने सम्पुर्ण जेन्जी युवाहरुलाई एकिकृत गर्न डेमोक्रेटिक जेन्जि फोरम गठन गरिएको छ।
हिजोका दिनमा भएका थुप्रै कमिकमजोरिलाइ समिक्षा गर्दै आगामी दिनमा गल्ति नदोहोर्याउने प्रतिबद्दता सहित लोकतन्त्रलाई थप बिकसित र परिस्कृत गर्दै अगाडी बढ्नु पर्ने र देशको प्राथमिकतामा उधमशिलतालाई प्रोत्साहन संगै उत्पादनका माध्यामबाट मुलुकका युवालाई रोजारीको सुनिश्चितता गर्नुपर्ने जनाइएको छ ।
मुलुकमा हुने अराजकता आगजनि हिङ्सा र घृणाको राजनिति होइन सामाजिक सद्भाव, सहकार्य, शान्ति, एकता, सहिष्णुता र आपसि मेलमिलाप आजको आवश्यक्ता हो।
भ्रष्टचारी जोसुकै भयपनि नेपालको कानुन अनुसार छानबीन र कडा कार्वाहीको माग पनि गरिएको छ ।
त्यसका साथै अब चाडोभन्दा चाडो राष्ट्रव्यापी लोकतन्त्रप्रति आस्था राख्ने देशैभरि छरियर रहेका सवै जेनजि युवालाई सङ्गठित गर्न सात प्रदेश र ७७ जिल्ला संयोजक चयन गरिनेछ।



कागजपत्र |
