कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु


कैलाली – कञ्चनपुरमा बस दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको हो ।

पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुरको बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दुर्घटनमा घाइते भएका उनलाई उपचारका लागि वाणी अस्पतालमा पुगाइएको थियो । उपचारकै क्रममा बोहराको मृत्यु भएको डीएसपी बाेहराले जानकारी दिए ।

बसमा सवार अन्य चार जना सकुसल छन् भने वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो ।

प्रतिक्रिया