
फोहरमैला घरमै राख्न काठमाडौं महानगरको आग्रह
काठमाडौं – काठमाडौं महानगरपालिकाले घरबाट निस्किने फोहरमैला अस्थायी रूपमा घर वा कम्पाउण्डमै सुरक्षित राख्न महानगवासीलाई आग्रह गरेको छ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध उत्पन्न भएपछि महानगरको वातावरण व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै सडक र सार्वजनिक स्थलमा फोहर नफाल्न अनुरोध गरेको हो।
स्थानीयबासीको अवरोधका कारण बुधबारदेखि बञ्चरेडाँडामा फोहर विसर्जन हुन सकेको छैन। काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका करिब ४० गाडी बुधबार स्थानीयले फर्काइदिएका थिए।




कागजपत्र |
