भारत महिला विश्वकपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने


काठमाडौं — भारतले महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।

अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै भारत विश्वकप उपाधि नजिक पुगेको हो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।

भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन्।

उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन्।

अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया