
नेकपा एसको केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार शुरु हुँदैछ। बैठक सुकेधारास्थित एक पार्टी प्यालेसमा बुधबार ११ बजे बस्ने पार्टीको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा ६ वटा विषयमा छलफल हुने उनले बताए। बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनित केन्द्रीय सदस्यको शपथ छलफलका एजेण्डा छन्।
त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट प्रस्तुत गर्नेछ। पार्टीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो। यो समितिले वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ।



कागजपत्र |
