यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११


काठमाडौं-  इरान, नेपाल र भारत सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा घरेलु टोलीविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । सोमबार (कात्तिक १०) नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले सावित्रा भण्डारीको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार सोमबार साँझ ६:१५ बजे हुनेछ ।

यस्तो छ सुरुआती–११ :
पूजा राना, विमला विक, समीक्षा घिमिरे, मनमाया दमाई, रेनुका नगरकोटे, सावित्रा भण्डारी, रेखा पौडेल, प्रिति राई, सविता रानामगर, अञ्जना रानामगर, दिपा शाही

प्रतिक्रिया