
प्रधानमन्त्री कार्कीले गरिन् कमलपोखरीमा छठ पूजा
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन् । सोमबार अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर उनले पूजाअर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिइन् ।
प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए ।
छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।



कागजपत्र |
