
रानीको राजीनामापछि लोसपा मधेस सरकारबाट बाहिरियो
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सोमबार मन्त्री पदबाट राजीनामा दिएकी छन्। यसैसँगै लोसपा पनि सरकारको समर्थनबाट बाहिरिएको हो।
यही परिस्थितिमा मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।
यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। कांग्रेसले सरकारमा दाबी पनि पेस गरिसकेको छ।
मुख्यमन्त्री सिंहमाथि जेन–जी आन्दोलनको दबाव बढिरहेको बेला २४ भदौमा उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। तर पछि उनले राजीनामा नदिने बताउँदै सदनबाट विश्वासको मत लिन लागेका छन्। अहिलेसम्म उनी केवल लोसपाको समर्थनमा छन्।



कागजपत्र |
