
उपसभापति खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक सु्रू
काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति खड्काको अध्यक्षतामा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको जनाइएको छ ।
कुपन्डोलस्थित एक होटलमा बस्ने भनिएको पदाधिकारी बैठक अन्तिम समयमा पार्टी कार्यालयमै बस्ने टुंगो लागेको थियो ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित भएका छैनन् ।
जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएको नेताहरूले बताएका छन् ।
बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा.शेखर कोइराला पनि सहभागी छन् ।



कागजपत्र |
