माओवादी केन्द्रद्वारा प्रदेशसभा अवरुद्ध, मुख्यमन्त्रीको राजीनामा माग


हेटौंडा – नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । माओवादी केन्द्रले

माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले झण्डै डेढ महिनापछि बसेको बैठकमा सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् । उनले मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिए । प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया