
माओवादी केन्द्र सचिवालय बैठक आज बस्दै
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेका लागि बैठक बोलाइएको हो ।
‘केन्द्रीय सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठकमा महाधिवेशन, प्रतिनिधि छनोटलगायतका विषयमा छलफल हुनेछ,’ सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले भने ।
नेकपा माओवादी केन्द्रको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरेर मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।



कागजपत्र |
