महिना दिनमै तानिए काठमाडौं सिडियो, रिजालको ठाउँमा पठाइयो पौडेल


काठमाडौं — गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छबी रिजाललाई मन्त्रालयमा तानेको छ ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिव इश्वराज पौडेललाई काठमाडौंको सिडियो जिम्मेवारी दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नै दिनेगरी केहि दिन अघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा सरुवा गरेर ल्याएको थियो ।

रिजालले एक महिना अघिमात्र काठमाडौंको प्रमुख जिल्ला अधिकारीको पद सम्हालेका थिए ।

रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो ।

प्रतिक्रिया