
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।



कागजपत्र |
