पाँच राजमार्गमा यातायात ठप्प


काठमाडौं –  लगातारको वर्षासँगै देशका विभिन्न प्रमुख सडकखण्डहरूमा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो खस्दा पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग पृथ्वी राजमार्ग पनि रोकिएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोलामा गएराति करिब सवा १० बजे सुख्खा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

कोशी राजमार्ग समेत दुई स्थानमा पूर्ण रूपमा बन्द छ। संखुवासभाको भोटेखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग भने आंशिक सञ्चालनमा छ। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा अविरल वर्षा र पहिरोका कारण राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

त्यसैगरी अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खसेपछि उक्त सडक बन्द भएको प्रहरीले जनाएको छ।

551529439_1110100961

प्रतिक्रिया