तीनजना सचिवको सरुवा


काठमाडौं- सरकारले तीनजना सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरूको अदलाबदल गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहमन्त्री गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ।

त्यसैगरी रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहमन्त्रालयको सचिवमा ल्याइएको छ भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

गृहमन्त्रीबाट सरुवा भएका दुवाडी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा राष्ट्रिय तथ्यांक कार्यालय आएका थिए। उनी आगामी मंसिर महिनामा अनिवार्य अवकाशमा जाने छन्।

प्रतिक्रिया