मुग्लिन–नारायणगढ खण्डको तुइन खोलामा ठूलो पहिरो, भोलि बिहानबाट मात्र पहिरो पन्छाइने


काठमाडौं — नारायणगढ–मुग्लिन खण्ड चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि दुईतर्फी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।

दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

ठूलो पहिरो खसेकाले तत्काल पन्छाउन नसकिने देखिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले बताए । सिंहले रातीमा पहिरो फाल्न असम्भव हुने भएकोले भोली बिहानसम्मका लागि यातायात अवरुद्ध हुने जनाएका छन् । यतिबेला प्रहरीले माइकिङ गदैृ दुवै तर्फबाट सवारीसाधनहरुलाई सुरक्षित स्थानमा बस्नका लागि अनुरोध गरेको छ ।

शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । भोली बिहान ४ बजेबाट मात्रै पहिरो फाल्न सुरु गरिने ज नाइएको छ ।

प्रतिक्रिया