एमाले अध्यक्ष ओली ११औं दिनका दिन सार्वजनिक


काठमाडौं – एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज सार्वजनिक भएका छन् ।

सैनिक सुरक्षाबाट बिहीबार निस्किएका ओली भक्तपुरको गुण्डुस्थित डेराको घरबाट सार्वजनिक भएका हुन् । ओली ११ औं दिनका दिन सार्वजनिक भएका हुन् ।

जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण नेपाली सेनाले शीर्ष नेताहरूलाई आफ्नो सुरक्षामा राखेको थियो । त्यसबेला प्रदर्शनकारीहरूले बालकोटस्थित ओली निवासमा आगजनी गरेका थिए ।

एमालेले च्यासलमा संविधान दिवसको विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया