भवन ध्वस्त भएपछि त्रिपालमुनि बस्यो सर्वोच्चको इजलास


काठमाडौं – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालत भवनमा लगाइएको आगोले भवन पूर्णरूपमा ध्वस्त भएपछि बिहीबार पहिलोपटक त्रिपालमुनि इजलास बसेको छ।

भवन जलेर प्रयोगयोग्य नभएपछि सर्वोच्च प्रशासनले अस्थायी रुपमा त्रिपाल टाँगेर अदालत सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। आजको इजलास बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामात्र हेर्ने गरी दुईवटा एकल इजलास बसेका छन्।

अदालत परिसरमा राखिएको त्रिपालमुनि न्यायाधीश बसेर मुद्दा सुन्ने दृश्य विगतको न्यायिक इतिहासमै पहिलोपटक देखिएको हो।

प्रतिक्रिया