सुनसरीमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २० घाइते


सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुवाहक बस (प्रदेश–१–०२–००२ ख ०९४९) ले सडक छेउमा रोकिराखेको ट्रक (ना ६ ख ३७३३) लाई ठक्कर दिएको हो।

ठक्करका कारण अन्दाजी ४० वर्षका पुरुष र ४५ वर्षीया महिलाको ज्यान गएको छ। घाइते अवस्थामा जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल, सुनसरीमा उपचाररत रहँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको पहिचान खुलेको छैन। यस दुर्घटनामा घाइते भएका २० जनामध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया