
मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुँदैन : डा. सन्दुक रुइत
काठमाडौं – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना अस्वीकार गरेका छन्। जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा चले पनि उनले त्यसलाई पूर्णविराम लगाएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीहरूबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाउने विश्वास व्यक्त गरे। उनले आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लिन रहने स्पष्ट पारे।
“मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ,” उनले भने, “तर म स्पष्ट छु.. मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो।”
डा. रुइतले सबै नागरिकले आफ्नो–आफ्नो पेशा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने विश्वास व्यक्त गरे।




कागजपत्र |
